जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्रमिलन सहकारी ठगी प्रकरण : भण्डारी धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा हरेराम भण्डारीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

फरार प्रतिवादी भण्डारी आफैं कास्की जिल्ला अदालतमा हाजिर भएकोमा उनलाई सोमबार न्यायाधीश महेन्द्रबहादुर थापा क्षत्रीको इजलासले ७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

३१ करोड रुपैयाँ भन्दा बढि हिनामिना गरिएको भन्दै बचतकर्ताले प्रहरीमा उजुरी दिएकोमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

हालसम्म १३ जना पक्राउ परेका छन् । तीमध्ये ६ जना पुर्पक्षका लागि जेल चलान भएकामा ७ जना धरौटीमा रिहा भएका हुन् ।