जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मार्सल लगाएर विनियोजन विधेयक पास, गण्डकीको बजेट बहुमतले पारित

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बनेका थिए । मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका थिए ।

विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा एमालेका सांसद सदनमा थिएनन् । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गर्नुभएको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८/७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।