माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निष्कासित
जन्मभुमि खबर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् । नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् ।
यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,” नेता नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।
उनलाई पठाइएको पत्रमा सच्चिनको लागि अन्तिम मौका भएको पनि चेतावनी दिइएको छ ।
यो बीचमा पनि पार्टी गतिविधि कायमै राखेमा निलम्बनको अवधि बीचमा नै थप कारवाही गर्न सकिने चेतावनी दिइएको छ ।