जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माघ १६ र चैते दसैँको राम नवमीमा सार्वजनिक बिदा दिने निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।

‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,’ मन्त्री शर्माको भनाइ छ ।