जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महोत्तरीमा घाँस काट्न जादा बेपत्ता भएका सात बालिका भारतको सितामढीमा सकुशल भेटिए

जन्मभुमि खबर ।
मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहले बेपत्ता सातै जना भारतको सितामढीमा भेटिएको बताए ।

मेयर साहले भने, ‘भारत प्रहरीसँगको सहकार्यमा ती बालिका तथा किशोरीहरुको उद्धार गर्नलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी भारत प्रस्थान गरिसकेको छ । त्यहाँ पुगेपछि सबै विवरण आउनेछ ।’

मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ती बालिका तथा किशोरीहरु बुधबार बिहान सितामढीमा रहेको सूचनाप्राप्त भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भारततर्फ अघि बढेको हो ।

घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् ।

मेयर साहकाअनुसार सबै बालिका÷किशोरी सकुसल रहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको पनि उनले बताए।