जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो, आउजाउ रोकियो

निरन्तरको वर्षापछि आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ गोप्लिङ जोड्ने मर्स्याङ्दी नदीमाथिको झोलुंगे पुल भत्किएको छ ।

बिहीबार राति पुलको तनहूँतर्फको जीप भासिएर मर्स्याङ्दी नदीमा पुगेको गोरखा नगरपालिका–१४ का वडाअध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

पुल बगाएपछि दुईसय १४ घरधुरीका बासिन्दा राजमार्ग जानबाट बञ्चित भएका छन । राजमार्गबाट प्रसिद्ध अकला मन्दिर जाने बाटो पनि अबरुद्ध भएको खड्काले बताए।

झोलुङ्गेपुल मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधबाट केहीमाथि थियो । अब गाउँलेलाई बिहान सबेरै राजमार्ग जान र साँझ अबेर फर्कन नपाइने स्थानीयको भनाई छ ।