मंगलबार पोखराका थप ८ जनामा कोरोना पुष्टि
जन्मभुमि खबर
पोखरा । मंगलबार पोखराका थप ८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका ८ जनामा कोरोना देखिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ८ का ४० र ६० वर्षीय पुरुष, वडा नं. १४ का ५७ वर्षीय पुरुष, वडा नं. १७ का ४० र ६० वर्षीय पुरुष, वडा नं. १९ का ५८ वर्षीय पुरुष, वडा नं. २९ की १८ वर्षीया महिला र वडा नं.३० का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९६३ पुगेको छ ।