जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतले इन्धनको मुल्य घटबढ गरेर पठाएपनि, नेपालमा भने यथावत रहने

जन्मभुमि खबर
पोखरा ।

पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले भारतबाट सामान्य वृद्धि भएर आए पनि पेट्रोलको मूल्य यथावत राखेको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा ०.४१ रुपैयाँ मूल्य बढाएर पठाइएको थियो भने डिजेलमा ०.१२ र ग्यासमा प्रतिसिलिण्डर ०.२० रुपैयाँ घटाएर पठाएको थियो ।

ग्यासमा प्रतिसिलिण्डर ३००.४१ रुपैयाँ नोक्सानी रहेको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको हो । पोखरामा  पेट्रोलको मूल्य १६७ रुपैयाँ रहेको छ भने डिजेलको मूल्य १५७ रुपैयाँ रहेको छ। त्यस्तै ग्यासको मूल्य देशभरि १८९५ रहेको छ।