भरतपुर अस्पताल सफाई अभियान १३ औ हप्तामा प्रबेश
किरण रानामगर
जन्मभुमि खबर ।
भरतपुर अस्पताल सरसफाइ अभियान१३औ हप्तामा प्रबेश गरेको छ ! भरतपुर अस्पताल क्षेत्रलाई सफा राख्नको लागि युवाहरुले सुरु गरेको अभियान आज (शनिबार )१३औ हप्तामा प्रबेश गरेको हो ।
“स्वच्छ वातावरण, स्वास्थ्य जीवन,फोहोरमैला जथाभावी फाल्नेहरु समाजका शत्रु हुन” भन्दै भरतपुर महानगरपालिकाको समन्वय ,भरतपुर अस्पतालको पहल, विभिन्न सामाजिक संघसस्थाहरुको उपस्थितमा अस्पताल क्षेत्र वरपर सरसफाई गरिएको थियो!
१३औ हप्ता अन्तर्गत आजको कार्यक्रममा भरतपुर महानगरपालिका,भरतपुर अस्पताल ,वे ग्रुप नेपाल,सन्देश फाउन्डेसन ,महानगर युवा सन्जाल, द युनाईटेड चितवन,वार्सा नेपाल लगायतका अन्य बिभिन्न संघ सस्थाहरुले सरसफाई गरेका थिए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (S.P) ओम प्रसाद अधिकारी,भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारी,भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा.न. १० का वडा अध्यक्ष अरुण पिडित भन्डारी,भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद भट्टराईले अस्पताल सङ्गै सिङ्गै महानगर सफाई गर्ने योजना ल्याईएको बताउनुभयो ।
अहिले भैरहेको सफाई अभियानलाई निरन्तरता दिने र अझै व्यवस्थित तवरले सफाई अभियान सन्चालन गरेर फोहोरमुक्त महानगर योजना बनाउने सन्कल्प रहेको समेत जानकारी दिनुभयो । भट्टराईले आगामी दिनहरुमा जिल्ला प्रशान कार्यलयको तर्फबाट गर्न सकिने सहयोग गर्न सधै तत्पर रहेको पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै,भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारिले अस्पताल जस्तो संबेदनसिल स्थानहरु सफा रहे आफ्नो घर अनि देश नै सफा हुने बताउनुभयो ।
“हप्ताको एकदिन एकछिन समाजको लागी” भन्ने मुल नारासहित वि.स. २०७२ सालमा स्थापना भएको वे ग्रुप नेपालले विभिन्न सरसफाईका कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।