जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बैतडीमा जीप दुर्घटना, तीन जनाको मृत्यु , ११ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको  छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

आइतबार बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी सिगास गााउँपालिका–३ का ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

यस्तै, सिगास गााउँपालिका–३ कै अन्दाजी ४५ वर्षीय जयसिंह धामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा घाइते भएका ११ मध्ये चार जनाको अवस्था गम्भीर छ । जीप चालक खगेन्द्र साउद र जीप मालिक हरि बहादुर साउद भने फरार रहेको डीएसपी पालले बताए ।

जीप सडकबाट करिब ५० मिटर तल खसेको छ ।