जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता युवक मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्।

गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो।

बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो।

गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोका बेपत्ता थिए। उनको बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको प्रहरीले जनाएको छ।

मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ।

दुर्घटनामा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।