जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालकुमारी आन्दाेलनमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो।

किस्ट अस्पतालका अनुसार मृत्यु हुनेमा जुम्लाका २३ वर्षिय सुजन राउत हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको थियो ।

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । अरु प्रदर्शनकारीको खोजी भइरहेको उनले बताए ।