बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु, १० जनाभन्दा बढी बेपत्ता
जन्मभुमि खबर
बागलुङ : बागलुङमा मेलामा युवाबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा दुई समूहबीच भएको झडपमा केही घाइते भएका छन् ।
मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट पाँच मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनापछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भनिएकोमा अधिकांश सम्पर्कमा आएका छन् । थप केही मानिस हताहत भएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयले खोजी जारि राखेका छन् ।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो । सो स्थानमा मेला मनाउन तीन जिल्लाका करिव छ सय मानिस पुगेका थिए ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमगिठेवाट प्रहरी टोलि परिचालन गरिएको छ ।