जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालको फुटट्र्याकमा फोटोग्राफरलाई धम्क्याएर रकम असुलेको आरोपमा फरार रहेका थप १ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुलेको आरोपमा फरार रहेका थप १ जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ६ बस्ने  ४० वर्षीय मिलन दाइ भनेर चिनिने मिलन पहारीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाइ पक्राउ गरेको हो ।

उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी कास्की जिल्ला अदालतमा मुद्दा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी श्रवण कुमार बि.क.ले जानकारी दिए ।

यसअघि सो प्रकरणमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

सम्बन्धित समाचारहरु :

पोखरा महानगरका वडासदस्य दिपेन्द्र पहारीसहित ४ जना ठगी मुद्धामा कारागार चलान

पोखरा वडा नम्बर ६ का वडा सदस्यसहित ४ ठगी मुद्दामा पक्राउ