जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालको क्षेत्रफल नाप्‍ने मन्त्रिपरिषद्को निर्णय

जन्मभुमि खबर

काठमाडौँ — सरकारले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्री जुलीकुमारी महतोले जानकारी दिइन् ।

बैठकले अन्य विविध निर्णयहरु पनि गरेको उनले बताइन् । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था आएपछि फेवातालमा पानीको सतह घटाइएको छ । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो ।

त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एक सय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।