जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रदेशिन लागेका कमल यही गीतका कारण फर्किए (हेर्नुहोस् भिडियो सहित)

जन्मभुमि खबर
पोखरा ।
प्रदेशिको पिडा बोलिएको गीत ‘राहदानी’ डिजिटल बजारमा सार्वजनिक गरिएको छ । थ्री स्टार मिडियाको प्रस्तुति रहेको गीतमा किसान नेपाली र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । प्रदेशिनुपर्दाको बाध्यतालाई गीतमा समेटिएको छ ।

नवबिवाहित जोडीहरु, घरको बाध्यताले गर्दा प्रदेशिनु परेको पिडा अनी आफ्नी गर्भवती श्रीमती छोडेर जानुपर्दाको कथालाई कमल अर्यालले जस्ताको त्यस्तै गीतमा उतारेका छन भने अर्यालका शब्दहरुमा टेक नारायण चापागाईं ‘टिएनसी’ ले सुमधुर लय सिर्जना गरेका हुन ।

तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतलाई डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरा र स्टुडियो मालश्री काठमाडौंमा रेकर्डिङ गरिएको हो । गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग भने खड्क बाजुरालीले गरेका हुन ।

गीतको भिडियोमा पनि शब्दले मागेअनुसार को दृष्यहरु प्रस्तुत गरिएको छ । भिडियोमा कमल अर्याल र सगुन शाहीको दमदार अभिनय देख्न सकिन्छ। सिर्जन बराल ‘ॠषि’ले निर्देशन् गरेको गीतलाई दिपक गिरीले छायांकन गरेका हुन भने गीतको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।