पोखरा ७ मासबारमा घर अगाडी पार्कीङ गरिएको गाडी चोरी
पोखरा
जन्मभुमि खबर ।
पोखराको मासबारबाट घरमै राखिएको गाडी चोरी भएको छ ।
पोखरा ७ मासवारबाट गएराती घर अगाडी पार्किङ गरेर राखेको बा ५ च १६८४ नंवरको मारुती गाडी चोरी भएको सवारीधनी शालिकराम पन्तले जानकारी दिए । बेलुका पार्किङ गरेर राखेको गाडी विहान उठ्दा नदेखेपछि पन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।
हराएको उक्त सवारी खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । “प्रायः यस्ता सवारीहरु एक ठाउँबाट लगेर अर्को कुनै ठाउँमा अलपत्र छाड्ने गर्दछन, हामीले सर्कुलर जारी गरिसकेका छौँ” हमालले भने ।
उक्त गाडी देख्ने महानुभावले नजिकैको प्रहरी चौकीमा वा मोवाईल नं ९८५६०१२२००मा खवर गरिदिनुहुन सवारी धनी शालिकराम पन्तले अनुरोध गरेका छन् ।