जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ५ पर्स्याङमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका कार चालक प्रहरीको सम्पर्कमा

जन्मभुमि खबर
पोखरा ।

आज बिहान पोखरा पोखरा ५ पर्स्याङमा करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरोकिलोमीटर तर्फ जादै गरेको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिएर फरार भएका कार चालक आफैं प्रहरीको सम्पर्कमा आएका भने कारमा संगै रहेका अर्का ब्यक्ति भने सम्पर्कमा आएका छैनन् ।

प्रहरीले कारलाई घटनालगत्तै नियन्त्रणमा लिएको थियो । चालक कास्की माछापुच्छ्रे गाउँपालिका–२ खादरजुङका ३२ वर्षीय भक्तराम गुरुङ फरार भएका थिए । तर, अहिले उनी आफैँ सम्पर्कमा आइसकेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ दुईजना पैदलयात्रीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बाग्लुङको ढोरपाटन–६ का २० वर्षीय ढालेन्द्र छन्त्याल र अहिलेसम्म नाम थर वतन नखुलेको अन्दाजी ३५ वर्षीय एकजना पुरुष रहेका छन् । छन्त्यालको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा निधन भएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार

पोखरा प्रस्याङमा कारको ठक्करले २ दुइजना पैदल यात्रीको मृत्यु , कार चालक फरार