जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ३३ मा आफ्नै सुत्ने कोठामा महिला मृत फेला, श्रीमान नियन्त्रणमा

जन्मभुमि खबर
पोखरा ।

पोखरा ३३ उपल्लो पुडी बस्ने हरी माया पुन आफ्नै घरमा मृत भेटिएकि छिन् । वर्ष ४२की पुन सुत्ने कोठाको खाटमाथी मृत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् बम बहादुर पुनलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।