पोखरा-२९ भण्डारढिकमा मोटरसाइकल र स्कुटर ठक्करखाँदा ४ जना घाइते
जन्मभुमि खबर
पोखरा ।
पोखरामा मोटरसाइकल र स्कुटर ठक्करखाँदा ४ जना घाइते भएका छन् ।
पोखरा-२९ भण्डारढिक स्थित आदर्श चोकमा बिहीबार दिउँसो भएको दुर्घटनामा परी पोखरा-२९ पटनेरी निवासी १९ वर्षीया संगीता बास्तोलाई घाइते हुनुभएको हो । ग१५प ९७२८ नं को मोटरसाइकल र ग१३प ५५३७ नं को स्कुटर एक आपसमा ठक्करखाँदा स्कुटरको पछाडि सवार बास्तोला घाइते हुनुभएको गण्डकी प्रदेश प्रहरी कार्यालय कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।
घाइते बास्तोलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा-२६ अघौंचोकमा बिहीबार बिहान मोटरसाइकल र स्कुटर ठक्करखाँदा तीन जना घाइते भएका छन् । पोखराबाट तालचोक जाँदै गरेको ग१८प १८६० नं को स्कुटर र सोही दिशातर्फ जाँदै गरेको ग१६प ८५३२ नं को मोटरसाइकल एक आपसमा ठक्करखाँदा मोटरसाइकल चालक पुरुष र स्कुटरमा सवार दुइ महिला घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक पोखरा-१४ निवासी ४० वर्षीय कृष्णप्रसाद सापकोटा, र स्कुटर चालक पोखरा-२६ बुढीबजार निवासी ३९ वर्षीया बिष्णु महत र स्कुटरको पछाडि सवार पोखरा-२६ बुढीबजार निवासी २५ वर्षीया उर्मिला थापा रहेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते सापकोटाको लेखनाथ सिटी अस्पताल र बिष्णु र उर्मिलाको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।