जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २७ बस्ने बालकले आफ्नै क्लासमेट बालिकालाइ नक्कली आइडि बनाइ ब्ल्याकमेल गरेको आरोपमा पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली फेसबुक आइडीमार्फत ब्ल्याकमेल गरेको आरोपमा १ जना बालकललाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का १६ वर्षीय युवक रहेका छन् ।

कास्की प्रहरीका अनुसार ति युवकले पोखरा महानगरपालिका २७ कै युवतीलाई एउटै स्कुलमा अध्ययन गर्ने सोही उमेरकै युवतीलाई नक्कली फेसबुक आईडी फेक आइडी बनाएर ति युवतीको फोटो र भिडियोहरुलाई अश्लील बनाएर सामाजिक संजालमा पोष्ट गरिदिने र आफन्तलाई पठाइदिने भन्दै धम्की दिएका थिए ।

विभिन्न डर धम्कीसँगै ब्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

युवकको साथबाट २ थान मोबालसमेत बरामद गरेको छ । पक्राउ परेका युवकलाई विद्युतिय कारोबार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट दिन ५ म्याद थप थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।