जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १४ स्थित मझेरीखोलाको खोंचमा विनोद केसी मृत फेला

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा एक युवक मृत अवस्थामा भेटिएका छन् । पोखरा १४ स्थित मझेरीखोलाको खोंचमा उनको शव भेटिएको हो ।

पोखरा महानगरपालिका वडा नं. १४ मसिनामा बस्दै आएका २८ वर्षका विनोद केसी मृत भेटिएको बताइएको छ ।

उनी नेपाल टुरिजम होटल म्यानेजमेन्ट कलेजको गाडीको सहचालकको रुपमा कार्यरत रहेको बुझिएको छ ।

पोखरा १४ को शिवमार्ग, मझेरीकुनास्थित कालु गुरुङको हाउजिङ भन्दा तलको खोंचमा अड्किएको अवस्थामा केसीको शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।

उनलाई मझेरीखोलाले बगाएको हुन सक्ने कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनको मृत्युको विषयमा अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

केसीका श्रीमती, एक छोरा र एक छोरी रहेको बताइन्छ ।

केसीको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।