जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा सहित देशभर बढ्यो गर्मी

जन्मभुमि खबर ,
पोखरा ।

केही दिनयता पोखरा लगायत देशभर तापक्रम बढ्दो छ। जसका कारण गर्मी महसुस हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार विशेषगरी तराई क्षेत्रमा गर्मी बढिरहेको भए पनि देशभर नै तापक्रम बढ्दो छ। ‘अहिले देशभर नै न्यूनतम र अधिकतम दुवै  तापक्रम क्रमशः बढिरहेको छ’, उनले भने।

पहाडी क्षेत्रमा पर्ने पोखरामा समेत बिहान-बिहान हल्का चिसो भए पनि दिउँसो चर्काे घाम लागेर गर्मी हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज पोखराको न्यूनतम तापक्रम १७.२ पुगेको छ । आजको अधिकतम तापक्रम भने मौसम महाशाखाले साँझ ५ः४५ बजे सार्वजनिक गर्छ।

हरेक दिन न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे सार्वजनिक हुन्छ।

हालसम्मको विवरणअनुसार देशभर सबैभन्दा बढी तापक्रम जनकपुर (धनुषा) मा देखिएको छ। त्यहाँ सोमबार अधिकतम तापक्रम ३७.० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हेर्नुहोस् देशका १६ स्थानका अधिकतम र न्यूनतम तापक्रम (न्यूनतम आजको हो भने अधिकतम हिजोको)-

दिपायल (डोटी):  अधिकतम ३४.२,   न्यूनतम १३.७

डडेल्धुरा:  अधिकतम २५.०,   न्यूनतम ११.०

धनगढी (कैलाली): अधिकतम ३४.७,   न्यूनतम १६.४

वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ३३.७,   न्यूनतम १५.०

नेपालगन्ज (बाँके):  अधिकतम ३४.३,    न्यूनतम १८.३

जुम्ला:   अधिकतम २४.४,  न्यूनतम ४.८

घोराही (दाङ):  अधिकतम ३२.६,   न्यूनतम १७.०

पोखरा (कास्की):  अधिकतम ३०.५,  न्यूनतम १७.२

भैरहवा (रुपन्देही):  अधिकतम ३७.७,   न्यूनतम १६.४

सिमरा (बारा):  अधिकतम ३६.४,  न्यूनतम १५.५

काठमाडौँ:  अधिकतम २९.४, न्यूनतम १३.१

ओखलढुंगा: अधिकतम २७.०, न्यूनतम १४.२

ताप्लेजुङ:  अधिकतम २४.९, न्यूनतम १३.०

धनकुटा:  अधिकतम २९.०,  न्यूनतम १५.८

विराटनगर (मोरङ): अधिकतम ३५.७, न्यूनतम १७.२

जनकपुर (धनुषा):   अधिकतम ३७.०,  न्यूनतम १७.२

माथि उल्लिखित विवरण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका स्टेसन भएका स्थानका हुन्। सबै जिल्ला र स्थानको तापक्रम यसमा नआए पनि समग्रमा देशभरको अवस्था यसबाट बुझ्न सकिने मौसमविद्को दाबी छ।