जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेकसाइडमा Bike on Rent लेखिएका बोर्डहरु प्रहरीद्वारा जफत ( तस्बिर सहित )

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको पर्यटकीय क्षेत्र वडा नम्बर लेकसाइडबाट कानून विपरीत Bike on Rent लेखिएका बोर्डहरु जफत गरिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम कास्की र पोखरा महानगरपालिकाको सहकार्य नेपाल प्रहरी तथा नगर प्रहरी सहितको संयुक्त टोलीले अनुगमनका क्रममा कानून विपरीत Bike on Rent लेखिएका करीब चार दर्जन बोर्डहरु जफत गरिएका हुन् ।

लेकसाईड क्षेत्रको मुख्य सडकखण्ड तथा भित्री सडकखण्डहरुमा कानुन बिपरित Bike on Rent जस्ता बोर्डहरु नै राखी निजी सवारी साधनहरु भाडामा लगाउने ब्यबसाय संचालन गर्दै आईएका ४०/४५ वटा पसलहरुमा अनुगमन गरी सोही पसलहरुको बाहिर राखिएका साना ठुला गरी ५५ वटा बोर्डहरु नियन्त्रणमा लिई त्यस सम्बन्धमा कानुनि ज्ञान समेत दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसरी अबैध रुपमा राखिएका भाडाका मोटरसाइकलहरुले बेला-बेलामा बिदेशी पर्यटकहरुलाई ठग्ने गरेको, बढी भाडा असुल गर्ने गरेको गुनासोहरु आउने गरेको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानूपर्ने स्थानीय बासिन्दाहरुको माग रहेको छ।