जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका – ३० मा चितुवा मृत फेला

जन्मभुमि खबर
पोखरा ।
पोखरामा बिहीबार बिहान चितुवा मृत अवस्थामा फेला परेको छ ।

पोखरा महानगरपालिका – ३० स्थित टुडाको मुखमा बिहान ७:२५ बजे चितुवा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

मृत भेटिएको अन्दाजी २ वर्षको चितुवालाई जिल्ला बन कार्यालयको जिम्मा लगाइएको प्रवक्ता हमालले बताउनुभयो ।