जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका-११ का ७१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

जन्मभुमि खबर
पोखरा ।
पोखरामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका-११ का ७१ वर्षीय पुरुषको बुधबार राति १०:४७ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
मधुमेहका बिरामी समेत रहेका उनीमा माघ १० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।