जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका वडा नम्बर १३ बाट नगद १३ हजार ४ सय सहित ५ जना जुवाडे प्रकाउ

जन्मभुमि खबर
पोखरा ।
कमलपोखरी स्थित जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले नगद १३ हजार ४ सय ५५ र ३ बुक तास सहित नियन्त्रणमा लिएका हो ।

उनीहरुलाई जुवा कसुर सम्बन्धी मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले निम्न व्यक्तीलाई पक्राउ गरेको छ ।

१) जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १३ कमलपोखरी बस्ने बर्ष ३६ को मानसिह गुरुङ ।

२) जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ९ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं१३ कमलपोखरी बस्ने बर्ष३९ को ईश्वरीराज गुरुङ ।

३) जिल्ला गोरखा भिमसेन गाउँपालिका वडा नं२ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १३ कमलपोखरी बस्ने बर्ष बर्ष २९ को नबिन गुरुङ ।

४) जिल्ला लमजुङ क्होलासोथार गाउँपालिका वडा नं ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १३ कमलपोखरी बस्ने बर्ष ५६ को राम बहादुर गुरुङ ।

५) जिल्ला कास्की मादी गाँउपालिका वडा नं १० भाचोक घर भई हाल पोखरा महानगरपालिका वडा नं १० बिरेन्द्रचोक बस्ने बर्ष ३६ को मन्त्री गुरुङ