जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका वडा नं -१३ संगमटोल बस्ने २१ वर्षीय टिङ्कु लागुऔषध सहित पक्राउ

जन्मभुमि खबर
पोखरा –  पोखराको संगमटोलबाट अवैध लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं -१३ संगमटोल बस्ने २१ वर्षीय टिङ्कु भन्ने सागर परियारलाई घरको कोठामा लुकाई राखेको नाईट्रोभ्याट ३८९ ट्याब्लेट सहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका परियारमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडी बढाईएको प्रवक्ता हमालको भनाई छ ।