जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरका वडासदस्य दिपेन्द्र पहारीसहित ४ जना ठगी मुद्धामा कारागार चलान

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ परेका एक जना वडा सदस्य सहित ४ जना ठगी मुद्दामा पुपर्क्षका लागि कारागार चलान भएका छन ।

अनुसन्धान पश्चात सरकारी वकिल कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा पुष ३ गते ठगी मुद्दा दर्ता भएकोमा बिहीबार न्यायाधीश रामचन्द्र शर्माको इजलासबाट उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

यसरी पुर्पक्षका लागि थुनामा जानेमा पोखरा ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, वर्ष २२ को प्रवीन विश्वकर्मा, वर्ष २४ को अभिषेक परियार तथा अप्पे भनिने अभिषेक बराल र पोखरा ६ का वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी रहेका छन् ।

उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुँदा निजहरु पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार बि.क.ले जानकारी दिए ।

सम्बन्धित समाचार

पोखरा वडा नम्बर ६ का वडा सदस्यसहित ४ ठगी मुद्दामा पक्राउ