पोखरा नदिपुरमा नवजात शिशुको टाउको र हातको पञ्जा भेटियो
पोखरा
जन्मभुमि खबर ।
पोखरा महानगरपालिका वडा नं. ३ नदिपुरमा मंगलबार बिहान बच्चाको टाउको र हातको पञ्जा फेला परेको छ। बिहान साढे ५ बजेतिरको समयमा भिसीमार्ग नजिकै साइकल यात्रीले बच्चाको टाउको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
पोखरा ३ का वडाध्यक्ष रविन्द्र प्रजुले टाउको हेर्दा जन्मिएको हप्तादिनको बच्चाको जस्तो देखिएको बताए । ‘हप्तादिनको बच्चाको जस्तो टाउको देखिन्छ । सडकमा टाउको मात्रै भेटिएको छ ’ उनले भने ।
पिच रोडको विच भागमा टाउको र नजिकै पसलनेर हातको पञ्जा भेटिएको हो । प्रहरीले अनुसन्धान भइरहेको हुँदा के कारण र कसलेअपराध गरेको भन्नेबारे नखुलेको बताएको छ ।
बच्चाको आँखा र कानको बीच भागमा ठूलो चोट पनि देखिएको छ । टाउको काटी हत्या गरिएको स्थानीयले आशंका व्यक्त गरेका छन् । रातको समय र कुकुरहरु पनि रहेकाले शरीरको अन्य भाग कुकुरले खाउको हुन सक्ने शंका छ ।