पोखरा टाइगर महिला भलिबल कप : नेपाल पुलिस र न्यु डायमण्डको र विजयी शुरुवात
जन्मभुमि खबर
पोखरा
पोखरामा आजदेखि सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लव भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फकाे पहिलाे खेलमै बलियाे टाेली एपीएफ पराजित भएकाे छ ।
विभागीय डर्बीमा नेपाल पुलिसले उपाधिको दाबेदार टिम एपीएफलाई साेझाे सेटमा पराजित गरेकाे हाे ।
पोखरा रंगशालामा भएको खेलमा पुलिसले एपीएफलाई २६–२४, २५–२२ र २५–२१ को सोझो सेटमा हराएकाे हाे ।
यस्तै महिलाकै अर्काे खेलमा न्यु डायमण्डले आर्मीलाई ३-२ सेटमा पराजित गरेकाे छ । राेमाञ्चक
खेलमा डायमण्डले आर्मीलाई २५-१२, २२-२५, १८-२५,२७-२५ र १५-१३ को सेटमा हरायाे ।
प्रतियोगितामा महिला र पुरुषतर्फ चार चार टिम सहभागी छन् ।
प्रतियागिताको विजेताले समान १ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ हात पार्नेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले ५/५ हजार रुपैयाँ हात पार्नेछन ।