जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ८ जना कोरोना संक्रमित थपिए

जन्मभुमि खबर

पोखरा ।

पोखरामा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा १ जना महिला, ५ मा ४८ वर्षीय १ जना महिला, ११ मा ३५ वर्षीय १ जना महिला, १३ मा ३८ वर्षीय १ जना पुरुष तथा १७ मा ९९ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१८ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २० र ६९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा २१ मा २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अर्को जिल्ला तनहुँमा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु भानु ९ मा ४४ वर्षीय १ जना पुरुष, ब्यास ९ की २६ वर्षीय १ जना महिला सहित ३० वर्षीय १ जना पुरुष तथा शुक्लागण्डकी ८ की ३२ वर्षीय १ जना महिला रहेकी छिन् ।

पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित पैंयु ४ का ७५ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार २ सय १६ पुगेको छ ।