जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा २३ जनालाई कोरोना संक्रमण पुष्टि

जन्मभुमि खबर
पोखरा ।
पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २३ वर्षीय १ जना महिला तथा ५ मा ४८ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१६ नम्बर वडामा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय २ जना, २० वर्षीय २ जना, २१ २२ र २३ वर्षीय ७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १७ मा ३८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ र २१ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ वर्षीय १ जना महिला सहित ३३ र ६९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

३१ नम्बर वडामा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना महिला तथा १ जना बालक र ५ जना पुरुष रहेका छन् । सो वडामा २० र ५२ वर्षीय २ जना महिलासहित ५ वर्षीय १ जना बालक, ३२, ४०, ४६, ६८ र ७० वर्षीय ५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको अर्को जिल्ला स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर २ की ५० वर्षीय महिला हुन् ।