जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा शुक्रबार थप २६ जनालाई कोरोना पुष्टि

जन्मभुमि खबर
पोखरा ।
पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टि प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा १७ वर्षीय १ जना किशोरी तथा ३ मा ४४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र ४८ वर्षीय २ जना पुरुष तथा ४८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ मा ३८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

वडा नम्बर ७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना पुरुष तथा ७० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ६ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १५ वर्षीय १ जना किशोरसहित ३६, ५० र ५८ वर्षीय पुरुष तथा ४३ र ५२ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

११ नम्बर वडामा ३२ वर्षीय १ जना पुरुष, १२ मा ८० वर्षीय १ जना पुरुष, १३ मा ३८ वर्षीय १ जना पुरुष तथा १६ मा २७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ९९ वर्षीय १ जना महिलासहित ३४, ४० र ५७ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३० मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २५ र २६ वर्षीय २ जना महिलासहित ३० र ६१ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

तनहुँमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा १६ र १८ वर्षीय २ जना किशोर हुन् ।

त्यस्तै म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला अन्तरगत वडा नम्बर १ का ३१ वर्षीय पुरुष रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजा् ४ सय ८० पुगेको छ ।