जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा रवि लामिछानेलाई खाेयाले हान्ने व्यक्ति काे हुन् त ? 

जन्मभुमि खवर,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खाेया प्रहार गर्ने लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाटलाई  कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामिछानेले खाेया प्रहार गर्ने व्यक्तिका विषयमा कास्कीका प्रहरी प्रमुख एसपी माेहन थापालाई फाेन गरेर जानकारी लिएका थिए ।

उनी लमजुङको राइनास नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्ण रानाभाटका आफन्त भएकाे पत्ता लागेकाे थापाले लामिछानेलाई बताए ।

श्रीमतीले छाेडेकी हुन् रे । एउटा बच्चा रहेछ । पहिले अटाे ड्राइभर रहेछ । अहिले कुनै काम नगरी आवारा भएर हिँडिरहेकाे छ रे , उनले सुनाए ।

एसपी थापाका अनुसार केही सञ्चारमाध्यममा आएजस्ताे उनी कुनै सहकारीबाट ठगिएका पीडित होइनन् ।

यसैबीच लामिछानेले नियाेजितरूपमा आफ्नाेविरूद्ध प्रचारवाजी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कान्तिपुरमा प्रकाशित समाचारप्रति कडा प्रतिक्रिया जनाएका हुन् । खाेया प्रहार गर्नु अगाडि नै समाचार रेडी रहेकाे उनकाे दाबी छ ।

ग्यालेक्सी टिभीसँग आफ्नो हिसाबकिताब पहिल्यै क्लियर गरिसकेकाे पनि रविले बताएका छन्।

सूर्यदर्शन सहकारीबाट एक कराेड लिएकाे फर्जी कागज बनाएर आफूलाई फसाउन खोजिएको उनकाे गुनासाे छ ।

सम्बन्धित समाचार

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एकजना पक्राउ