जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा यौनजन्य कार्य गराउदै आएको आरोपमा खाजा घरका फरार सञ्चालक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट मानव वेचविखन मुद्दामा फरार मुख्य अभियुक्त पक्राउ परेका छन ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल स्थाइ घर भइ हाल जाल्पारोड बस्ने ३७ वर्षीय केशव भुजेल रहेका छन । उनले पोखरा महानगर पालिका वडा नम्बर ८ जाल्पारोडमा काभ्रेली खाजा घर चलाउदै आएका थिए ।

महिला तथा बालबालिकाहरुलाइ ललाइ फकाइ गरि विभिन्न लोभलालच , प्रलोभन मा पारी यौनजन्य कार्य गराउदै आएका थिए ।

पुस १९ गतेबाट फरार रहेका उनि मालेपाटनमा लुक्दै छिप्दै हिडेका थिए । आज पक्राउ गरि कास्की जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।