जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मध्यरातमा राजा बिरेन्द्रको पुर्ण कदको शालिक पुनः स्थापित

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा गएराती मध्यरातमा वडा नम्बर १० स्थित बिरेन्द्रचोकमा राजा बिरेन्द्र बिर बिक्रम शाहदेवको शालिक पुनर्स्थापित गरिएको छ।

राजावादीहरुको सहयोगमा स्थानीय जनताको सक्रियतासंगै गएराती १ बजेर ४५ मिनेटको शुभ-मुहुर्त पारेर राजा बीरेन्द्र बीर बिक्रम शाहदेबको शालिक पुनः स्थापित गरिएको हो ।

गएराति १ बजेर ४५ मिनेटको शुभ मुहूर्तमा शालिक स्थापना गरिएको बताइएको छ ।

वडा प्रहरी कार्यालय रामबजार पोखराको झन्डै एकसय मिटर पर रहेको उक्त शालिक पुनर्स्थापित गर्न क-कसको सक्रियता रह्यो भन्ने बारेमा पूर्ण विवरण आउन भने बाँकी नै छ। तर उक्त पुनर्स्थापित शालिक आठ फिट अग्लो रहेको बताइएको छ। ढलोटले बनाइएको उक्त शालिक निर्माणमा करीब २५ लाख रुपैयाँ खर्च भएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

२०६२/०६३ को दोश्रो जनआन्दोलन सकिए पछि तत्क्जालिन अवस्थामा माओवादी कार्यकर्ताहरुले उक्त स्थानमा रहेको राजा बिरेन्द्र बीर बिक्रम शाह देवको शालिकलाई तोडफोड गरेर फालेका थिए। शालिक तोडफोड गरेर फालिएको भए पनि उक्त चोक बिरेन्द्र चोकका रुपमा प्रचलित रहेको छ ।