पोखरामा फागुन १५ गते भनीएको ओलीको जनसभा स्थगित
जन्मभुमि खबर
पोखरा
पोखरामा शनिबार हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको वृहत जनसभा स्थगित भएको छ । सर्वोच्चको फैसलालाई इंकित गर्दै ओली समूहका नेता खगराज अधिकारीले १५ गते अमरसिंहमा हुने कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।
‘हामी नयाँ ढंगबाट सोच्छौं होला जूनरुपमा थियो त्यो हुँदैन,’ उनले भने,‘परिवर्तन भयो नि परिस्थिती त्यसैले अहिले कार्यक्रम हुँदैन ।’ उक्त आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको थियो ।