जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ धादिङका राजाराम सैनिकको मृत्यु

जन्मभुमि खबर
पोखरा,
पोखरामा सोमबार दिऊसो प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दिउसो २ :१५ बजे भएको दुर्घटनामा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगर प्याराग्लाइडिङ दुर्घटनामा परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनको अस्पतालले करिब ५ बजे निधन भएको डिएसपी हमालले जानकारी दिए ।