जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा नवनिर्मित वीरेन्द्रको शालिक उद्धाटन सहित माल्यार्पण गरि जन्मजयन्ती मनाइयो

जन्मभुमि खबर ,
पोखरा ।

तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

२००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा वीरेन्द्रको जन्म भएको थियो । बुवा महेन्द्रको निधनपछि २०२८ साल माघमा उनले राजगद्दी सम्हालेका थिए ।

जन्मजयन्तीका अवसरमा राजसंस्था समर्थकले पोखरा १० बिरेन्द्रचोकस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण गरे । ०५८ जेठ १९ गते राजा वीरेन्द्रको निधन भएको थियो ।

२०६२/०६३ को दोश्रो जनआन्दोलन सकिए पछि तत्कालीन अवस्थामा माओवादी कार्यकर्ताहरुले उक्त स्थानमा रहेको राजा बिरेन्द्र बीर बिक्रम शाह देवको शालिकलाई तोडफोड गरेर फालेका थिए। शालिक तोडफोड गरेर फालिएको भए पनि उक्त चोक बिरेन्द्र चोकका रुपमा प्रचलित रहेको छ ।

पारिवारिक जमघटमा भएको गोलीकाण्डमा उनीसहित रानी ऐश्वर्य, छोराहरू युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुतिसहित आफन्त मारिएका थिए ।

सम्बन्धित समाचार :

पोखरामा मध्यरातमा राजा बिरेन्द्रको पुर्ण कदको शालिक पुनः स्थापित