पोखरामा थप २५ जनामा कोरोना पुष्टि
जन्मभुमि खबर,पोखरा । पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा ३८ वर्षीय १ जना पुरुष, २ मा ८७ वर्षीया १ जना महिला, ३ मा ३६ वर्षीय १ जना पुरुष तथा ५ मा ७५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३, ४० वर्षीय र ४६ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ मा २२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ८ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३, ३३ र ४२ वर्षीय ३ जना महिला सहित ४४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
९ नम्बर वडामा २४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।
पोखरा १० मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८ र ३९ वर्षीय २ जना महिला सहित २२ र ५० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ११ मा ५० वर्षीय १ जना पुरुष, १२ मा ६० वर्षीय १ जना पुरुष तथा १४ मा ४६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ४४ वर्षीय २ जना पु्रुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
१८ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ४५ वर्षीय २ जना महिला तथा ४८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ५ सय ९१ पुगेको छ ।