पोखरामा तीब्र रुपमा फैलदै कोरोना,शुक्रबार मात्र ४७ जनामा पुष्ठि, वडा न १६ मा मात्रै भेटिए ३० जना संक्रमित
जन्मभुमि खबर
पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार थप ४९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र बाग्लुङका जिल्लाका ४९ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ४७ जना छन् भने बाग्लुङका २ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ का २० वर्षीय पुरुष, वडा नं. ५ का ४३ वर्षीय पुरुष, वडा नं. ७ की ५९ वर्षीया महिला, वडा नं. ८ की ४१ वर्षीया महिला, वडा नं.१० का ५१ वर्षीय पुरुष, वडा नं. १२ का १९ वर्षीय पुरुष, वडा नं.१५ का ३६ वर्षीय पुरुष, वडा नं. १६ का १९ देखि २४ वर्ष उमेर समुहका ३० जना पुरुष, वडा नं. १७ का ४८ वर्षीय पुरुष तथा ४६ वर्षीया महिला, वडा नं. २० का २० वर्षीय पुरुष, वडा नं. ३१ का २८, ३२ र ६१ वर्षीय पुरुष तथा ३८, ४८ र ५० वर्षीया महिला एवं बाग्लुङका काठेखोला गाउँपालिका वडा नं. २ का ४८ वर्षीय पुरुष र जैमिनी नगरपालिका वडा नं.१० का ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ३१० पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप २२ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९२५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर १८० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १५७ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २३० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३३ हजार ५८८ नमुना परिक्षण भएको छ ।