जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा तिब्र रुपमा फैलदै कोरोना, पोखरामा ३२ जना कोरोना संक्रमित थपिए, वडा नं ३० मा १२ जनालाई संक्रमण

जन्मभुमि खबर

पोखरा ।

 

कास्कीमा थप ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा माछापुच्छ्रे गाउँपालिकामा १ जना तथा पोखरा ३१ सहित कास्कीमा ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६३ वर्षीय १ जना महिलासहित २५ र ४० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

६ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना महिला तथा ७० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ मा ४५ वर्षीय १ जना पुरुष, १० मा ३८ वर्षीय १ जना पुरुष, १४ मा ३३ वर्षीय १ जना महिला तथा १५ मा ५४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ वर्षीय १ जना पुरुषसहित ४३ र ५४ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको को छ । सो वडामा ५४ वर्षीय १ जना महिलासहित ६४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१९ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ३४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा २७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिला तथा २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २९ मा १८ वर्षीय १ जना किशोरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी आज पोखरा महानगरपालिका वडा नम्बर ३० मा कोरोना भाइरस संक्रमित भेटिएका छन् । सो वडामा २७ वर्षीय २ जना, ३८, ४०, ४२ वर्षीय २ जना र ७२ वर्षीय १ जनासहित ७ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही वडामा ३४, ३५, ५०, ७२ र ८३ वर्षीय ५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका ४४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला पर्वतमा ५ जना, बाग्लुङमा ६ जना तथा म्याग्दीमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।