जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

श्रीमती हत्या आरोपमा म्यादी धौलागिरी गाउँ पालिका वडा नम्बर ७ ताकम घर भइ हाल पोखरा–२९ नौबिसे चोक स्थित तोरीबारीमा ३६ वर्षीय रत्नबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा घर्तीको घाँटी थिची हत्या गरेका हुन् ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकका अनुसार घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।