जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जातीय विभेदविरुद्ध उत्रिदा ३ प्रदर्शनकारी पक्राउ , शिक्षा मन्त्रीको पुत्ला दहन

जन्मभुमि खबर,
पोखरा ।

जातीय विभेदविरुद्ध पोखरामा प्रदर्शनकारीले शिक्षा मन्त्रीको पुत्ला जलाएका छन् ।

मंगलबार पोखराको मानव अधिकार चोकमा प्रदर्शनकारीले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला जलाएका हुन् ।

पुत्ला जलाएर नाराबाजीमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केहीबेर मुठभेड समेत चलेको थियो । प्रदर्शनकारीले शान्तिपूर्ण सांकेतिक विरोधमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् ।

प्रहरीले पुत्ला जलाउने किरण नेपाली, नेत्र चापागाई र रेशम सापकोटालाई नियन्त्रणमा लिएको छ ।