पोखरामा खतराको घण्टी बज्दै,आज मात्र ३२ जनामा संक्रमण पुष्टि,नम्बर ३१ मा मात्र १० जना संक्रमित फेला
जन्मभुमि खबर
पोखरा ।
पोखरामा थप ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
५ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिला तथा २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ मा २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ८ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडामा २९ वर्षीय १ जना महिलासहित २५, ६२ र ६४ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा ५२ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
११ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय १ जना महिला तथा २७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १४ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ र ४२ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १६ मा २० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ जना महिला तथा २ जना पुरुष रहेका छन् । सो वडामा ३४, ५२ र ९९ वर्षीय ३ जना महिला तथा तथा २१ र ५७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
२१ नम्बर वडामा ५० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ३० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७३ र ८४ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै वडा नम्बर ३१ मा संक्रमित भेटिएका छन् । सो वडामा एकैपटक १० जना कोरोना संक्रमित भेटिएका हुन् । जसमध्ये ८ जना महिला तथा २ जना पुरुष रहेका छन् । वडा नम्बर ३० मा १८ वर्षीय १ जना किशोरीसहित २०, २८, ३२, ३४, ४०, ४६ र ४८ वर्षीय ७ जना महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही वडामा ३३ र ६५ वर्षीय २ जना पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यता गण्डकी प्रदेशकै अर्को जिल्ला म्याग्दीमा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का ३१, ३६ वर्षीय २ जना, ३९ र ४४ वर्षीय पुरुष रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ४ सय ७ पुगेको छ ।