पोखरामा उकालो लाग्दै सक्रमीत , आज मात्र थप ३६ जनामा संक्रमण पुष्टि
जन्मभुमि खबर
पोखरा ।
पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा तथा विध ल्याब ललितपुरमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २० वर्षीय १ जना पुरुष, ४ मा ३६ वर्षीय १ जना महिला, ५ मा २८ वर्षीय १ जना महिला, ६ मा ४२ वर्षीय १ जना पुरुष तथा ७ मा २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ नम्बर वडामा ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ५७ वर्षीय २ जना महिलासहित २५, ३० र ४२ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ९ मा ६५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १३ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३८ र ६० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १५ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ४७ वर्षीय २ जना महिला तथा २९ र ५० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय १ जना महिलासहित १६ वर्षीय १ जना किशोर तथा २२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १९ मा ६५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २९ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ५२ वर्षीय १ जना महिलासहित ५३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३० मा ७ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १ जना बालिकासहित ३ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितमा ४ वर्षीय १ जना बालिकासहित ३३, ४३ र ६३ वर्षीय ३ जना महिला रहेका छन् । त्यस्तै १९ वर्षीय १ जना किशोरसहित २३ र ४८ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३१ नम्बर वडामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८, ४१ र ६८ वर्षीय ३ जना महिला तथा ६५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ५ सय ६१ पुगेको छ ।