जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको सडकमा व्यक्तिलाई ठक्कर दिएर दुर्घटना गराएर फरार भएको हाइसका चालक प्रहरी नियन्त्रणमा

जन्मभुमि खबर,
पोखरा ।

पोखराको सडकमा एक जना व्यक्तिलाई ठक्कर दिएर दुर्घटना गराएर फरार भएको माइक्रो बस ( हाइस) र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएकाे जनाएको छ ।

मंगलबार बिहान अन्दाजी साढे ४:४५ बजेको समयमा कास्कीको पोखरा १० बुद्धचोक स्थित कोरियन क्याफे अगाडि सडक छेउमा एक जना पुरुष व्यक्तिलाई ठक्कर दिई फरार रहेको बागमती प्रदेश -०३, ००१ ख ०३२६ नंको हाइस र चालक ३१ वर्षीय विवेक घले प्रहरी नियन्त्रणमा परेका हुन् ।

हिजो बेलुका नै ९ बजेको समयमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हाे ।

प्रहरी टोलीले पोखरा १४ औद्योगिक क्षेत्रबाट हाइससहित चालक घलेलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

सवारी साधन र हाइस चालक घलेलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारले जानकारी दिएको छ।