जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको महतगौडामा गोली चल्दा , हाेम बहादुर घाइते

जन्मभुमि खबर
पोखरा ,
पोखरा १४ महत गौडामा गोली चल्दा हाेम बहादुर बिक गम्भीर घाइते भएका छन । बिजुलीकाे  काम गर्ने बिकल ज्याकेट लगाइ आएको अपरिचित व्यक्तिले गोली प्रहार गरेको बिकले बताएका छन । हाल उक्त क्षेत्र शिल गरिएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । बाटोमा आवत जावत गर्ने सवारी साधन समेत निकै कडा जाँच गरिएको स्रोतको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले भने अस्पष्ट जानकारी दिए ।  पेटमा चोट लागेपनी गोली जस्तो हालसम्म नदेखिएको बताए ।  उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।