पोखराको बुद्धचोकबाट अवैध लागु औषधसहित राम बहादुर गुरुङ पक्राउ
जन्मभुमि खबर,पोखरा । पोखराको बुद्धचोकबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नं -१० बुद्धचोकस्थित कान्तिपुरमार्गबाट नियन्त्रित लागु औषध बुप्रिनोर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित सोही स्थान बस्ने ३५ वर्षीय राम बहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोखरामा लागु औषध ओसारपसार एवं कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त परिमाणको लागु औषध सहित गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।